औषधी गुणले भरिपूर्ण जटामसी « Khabarhub

औषधी गुणले भरिपूर्ण जटामसी


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।
जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोर बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।
२. जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ।
३. ३-४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरूलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।
४. यो औषधि रक्त चापका रोगीहरूको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारे रोगका रोगीहरूको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।
५.जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।
साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ५५ बजे

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर