नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले « Khabarhub

नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले


२५ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवर्धनमा मन्त्री आलेले जोड दिए ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भनेका छन् ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।

पचासवटा मोटरसाइकलको उक्त र्‍याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १२ : ०० बजे

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका बलर नन्दन यादवले आफ्नो जुत्तालाई

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग

थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

बैङ्कक-  थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो

रास्वपाको ‘हामी सुन्छौं’ कार्यक्रममा नागरिकका गुनासो, रुस-युक्रेन द्वन्द्वमा फसेकाको उद्धार गर्न माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियमित संवाद कार्यक्रम

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले