नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले « Khabarhub

नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवर्धनमा मन्त्री आलेले जोड दिए ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भनेका छन् ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।

पचासवटा मोटरसाइकलको उक्त र्‍याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : ०० बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर