/fi6«klt e08f/Laf6 k|b]z k|d'vx?nfO{ zky sf7df8f}F, @% sflQsM /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtnlgjf;df laxLaf/ s0ff{nL k|b]zsf gjlgo'Qm k|b]z k|d'v ltns kl/of/, ;'b"/klZrd k|b]zsf b]j/fh hf]zL / k|b]z g+ ! sf k/z'/fd vfk'ªunfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/ /f]zg ;fksf]6f÷/f;;

राजनीति

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

By खबरहब

November 11, 2021

काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार,  सुदूरपश्चिम प्रदेशका देवराज जोशी र  प्रदेश नं १ का  परशुराम खापुङ्गले  पद तथा गोपनीयताको शपथ  लिएका हुन् ।

शपथ लिएका तीनै जना प्रदेश प्रमुख गत मंगलबार नियुक्त भएका थिए ।