मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने « Khabarhub

मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (माले) ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले) ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ घिमिरेले जानकारी दिए । २७–२९ कात्तिकमा हुने महाधिवेशनको लागि तयारी तीव्र पारिएको उनको भनाइ छ ।

मालेको महाधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उनले जानकारी दिए । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी, ११ सदस्यीय स्थायी समिति, र २१ जना पोलिटब्यूरो सदस्य चयन हुने उनको भनाइ छ । त्यस्तै, २० वटा विभागको नेतृत्व पनि चयन हुनेछ ।

‘सबै कमिटी र समितिको नेतृत्व सर्वसम्मतिले गर्ने हाम्रो कोसिस हुनेछ’, उनले भने, ‘महाधिवेशनमा अबको नयाँ जनवाद, संगठनात्मक सिद्धान्त, कार्य नीतिमाथि छलफल हुन्छ । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन र पार्टीको विधान संशोधन लगायतका दस्ताबेजमाथि पनि समूहगत छलफल गरिनेछ ।’

महाधिवेशनको उद्घाटन गर्नुअघि नारायणगढमा जुलुस निकालिने उनले बताए । प्रदेश संरचना र एमसीसी खारेज अभियानलाई थप सशक्त बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा पार्टीका मुख्य ध्यान हुने उनको भनाइ छ । नेकपा माले ११ पुस २०३५ मा स्थापना भएको हो । २०५८ मा यसको पुनर्गठन गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : ३२ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै