पाकिस्तानद्वारा अष्ट्रेलियालाई १७७ को लक्ष्य, अष्ट्रेलियाको सुदृढ ब्याटिङ « Khabarhub

पाकिस्तानद्वारा अष्ट्रेलियालाई १७७ को लक्ष्य, अष्ट्रेलियाको सुदृढ ब्याटिङ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल दुबईमा पाकिस्तान र अष्ट्रेलियाबीच भइरहेको छ । टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन बनायो । उसका लागि रिजवान अन्सारी र फकर जमानले अर्धशतक बनाएका थिए ।

जवाफी ब्याटिङ गर्न मैदानमा आएको अष्ट्रेलियाले सुरुमै विकेट गुमाए पनि सुदृढ ब्याटिङ गरिरहेको छ । शाहीन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै अष्ट्रेलियाका कप्तान एरोन फिन्चलाई एलबीडब्ल्यू आउट गरेका थिए ।

त्यसपछि मैदानमा आएका मिचेल मार्श र ओपनर डेबिड वार्नरले विस्फोटक ब्याटिङ गरे । मार्श २२ बलमा २८ बनाएर आउट भए । यो समाचार तयार पार्दासम्म ३३ रनमा खेलिरहेका छ । अष्ट्रेलियाले २ विकेट गुमाएर ८ ओभरमा ७० रन बनाएको छ ।

पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हराएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : २५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले