महात्मा विदुरका ७ अमर वाणीहरु | Khabarhub Khabarhub

महात्मा विदुरका ७ अमर वाणीहरु


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) विद्वान्को सेवा गर्ने मानस, चिकित्सक, धर्मपरायण, राम्रो, मृदुभाषी र मैत्रीभाव हुने मानिसहरुको सधैँ रक्षा गर्नुपर्दछ ।

२) मन, वचन र कर्मले मानिस जुन विषयको बारम्बार ध्यान गर्छ, त्यसैले उसलाई आफूतिर आकर्षित गर्दछ । अत: सधैँ असल काम मात्र गर्नुपर्दछ ।

३) जो शक्तिहीन छन् तिनलाई यसै क्षमा गरिदिनु पर्दछ, किनकि यसका अतिरिक्त अर्को उपाय नै छैन । बलवानको धर्म नै क्षमा गर्नु हो । मध्यम श्रेणीका व्यक्तिहरुलाई जसका लागि अर्थ र अनर्थ दुवै एकै हुन्छन् तिनलाई क्षमा गर्नु सधैँ हितकर हुन्छ ।

४) परिश्रम, संयम, धैर्य, चतुर्‍याइँ, स्मरणशक्ति तथा राम्रोसँग सोचविचार गरी काम शुरु गर्ने प्रवृत्ति सम्पन्नता र उन्नतिका मूल हुन् ।

५) कामवेग  भोकको अग्निलाई धैर्यपूर्वक सहनु । आँखाको सहयोग लिई हातखुट्टालाई गलत काममा लाग्नबाट जोगाउनु । मनको सङ्कल्पबाट आँखा र कानलाई नराम्रो काममा लाग्नबाट बचाउनु तथा सत्कर्मद्वारा मन र वाणीमा संयम राख्ने प्रयत्न गर्नु ।

६) जुन आचरण व्यवहार आफ्नो प्रतिकूल हुन्छ, त्यस्तै अरूसँग गर्नु हुँदैन- यही धर्मको सार हो । यसको विपरीत आचरण जो विशेष प्रयोजनले प्रेरित छ, अधर्म हो ।

७) जोसँग हजार रुपैयाँ छ ती पनि जीवन यापन गर्छन् र जो सँग सय रुपैयाँ छ ती पनि जीवन यापन गर्छन् । अत: महाराज धृतराष्ट्र ! तपाईं धेरैको लोभ त्यागिदिनुस् । धेरै सम्पत्ति नहुँदा पनि जीवन राम्रैसँग चल्दछ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन