एनआरएनए निर्वाचन आयुक्त पौडेलले दिए राजिनामा « Khabarhub

एनआरएनए निर्वाचन आयुक्त पौडेलले दिए राजिनामा


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।

पाैडेल नेपाल बार एसोसिएसनका महासचिव हुन्। पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ । निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बर सम्मका लागि सरेको छ ।

संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो ।

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान १० बजे सम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : १८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार