कांग्रेस सभापतिका लागि कल्याण गुरुङको उमेदवारी दर्ता « Khabarhub

कांग्रेस सभापतिका लागि कल्याण गुरुङको उमेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

गुरुङले आज बिहान १० : २८ मा सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् । यससँगै उनी उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

बिहान १०  बजे सुरु भएको उम्मेदवारी मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ४७ बजे

रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख हुने

उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता

काठमाडौं– उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी

क्लस्टर वारहेडसहित उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

सोल- उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई