मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन | Khabarhub Khabarhub

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो ।

जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो साङ्गीतिक कार्यक्रम काँकडभिट्टाबाट सुरु भएर क्रमशः अरु प्रदेशमा पुग्नेछ । बिगतमा कार्यक्रमका दुईवटा संस्करण आयोजना भइसकेका छन् ।

गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना हुने कार्यक्रमका प्रदेश नं १ संयोजक विकास घिमिरेले बताए ।

कार्यक्रममा गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो