मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन « Khabarhub

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो ।

जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो साङ्गीतिक कार्यक्रम काँकडभिट्टाबाट सुरु भएर क्रमशः अरु प्रदेशमा पुग्नेछ । बिगतमा कार्यक्रमका दुईवटा संस्करण आयोजना भइसकेका छन् ।

गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना हुने कार्यक्रमका प्रदेश नं १ संयोजक विकास घिमिरेले बताए ।

कार्यक्रममा गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा