ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्याक्टर मिलनचोकबाट हराएको थियो । ट्याक्टरमा तीन जना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी