रामचन्द्र पौडेल र कृष्ण सिटौलाले किन कुनै पनि पदमा उम्मेदवारी दिएनन् ? | Khabarhub Khabarhub

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले किन कुनै पनि पदमा उम्मेदवारी दिएनन् ?


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् ।

साझा बन्न नसक्दाको पीडा

वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्न हरसम्भव प्रयास गरे । शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई मनाउन नसक्दा अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने उनको धोको पूरा हुन सकेन ।

साझा उम्मेदवार नभए आफूले पार्टी नै छाड्ने धम्की दिएको भए पनि त्यसले पनि काम गरेन ।

शशांक ब्याक भएका थिए । शेखरले पनि प्रकाशमान ब्याक भए आफूले पौडेलाई साथ दिने बताएका थिए । तर, प्रकाशमान ब्याक हुन चाहेनन् । जसका कारण रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न सकेनन् । साझा उम्मेदवार बन्न नसक्दा फेरि पनि १३ औं महाधिवेशनमा जस्तै पराजयको भय उनमा थियो।

जसका कारण आफ्नो टिमको व्यवस्थापन भन्दा बाहिरै बस्ने सोच उनले बनाए र विज्ञप्ति निकालेर पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो बनेको उल्लेख गर्दै पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताए।

देउवालाई चुनौती दिने नेताको रुपमा महाधिवेशन उद्घाटनका दिनसम्म कांग्रेसी कार्यकर्ताले ठानेको भए पनि उनले अप्रत्याशित रुपमा प्रतिस्पर्धाबाट बाहिरिने जानकारी गराए । कतिपयले सभापतिबाट मात्र ब्याक भएको ठानेका भए पनि उनले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन्, जसलाई उनको लामो राजनीतिक जीवन अन्त्यतिर पुगेको रुपमा कतिपयले हेरिरहेका छन् । तर, पौडेलले भने महाधिवेशनमा प्रतिस्पर्धा नगरे पनि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन् ।

‘प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगेँ’, पौडेलले भनेका छन्, ‘तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु ।

देउवालाई साथ

१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारको रुपमा लिने गरिएको छ । यसअघिको महाधिवेशनमा गगन थापा समेत उनको समूहमा थिए । यसपटक पनि सिटौलाले उम्मेदवारी दिने अनुमान धेरैले गरेका थिए तर उनले सभापतिमा मात्र होइन केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् ।

आफूलाई साथ दिएका प्रदीप पौडेल लगायतलाई संस्थापनसँगको सहकार्यमा उम्मेदवार बनाउन सफल भएका सिटौलाले कांग्रेसको राजनीति गर्न केन्द्रमा रहनु नै नपर्ने बताएका छन् । आफूलाई तेस्रो धारको रुपमा कांग्रेसमा स्थापित गराउँदै गर्दा सिटौलाले आफू पक्षधर महाधिवेशन प्रतिनिधि र नेताहरु बनाउन सकेनन् । जसका कारण स्पष्ट रुपमा कुनै पक्षसँग बार्गेनिङ गर्न सक्ने क्षमता उनमा कमजोर बन्दै गयो र उनले सभापतिमा उम्मेदवारी दिनु ठिक ठानेनन् ।

केन्द्रीय सदस्यमा चुनाव लडेर अबको दिनमा कांग्रेसमा नेतृत्व गर्न सकिने सम्भावना सम्भवतः उनले देखेनन् । नयाँ पुस्ता पदाधिकारीमा आइरहँदा सिटौलाले त्यसलाई स्वीकार गरेका छन् र आफू पक्षधरलाई स्थापित गर्ने ध्याउन्नमा लागेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ४५ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले