माओवादीलाई हराउन सक्ने तागत कसैसँग छैन : प्रचण्ड « Khabarhub

माओवादीलाई हराउन सक्ने तागत कसैसँग छैन : प्रचण्ड


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका छन्।

पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको टिप्पणी गरे।

उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल हुने बताए । उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए । प्रचण्डले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे।

प्रचण्डले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे। पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उनले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने धारणा राखे।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलनको शुभारम्भ गरेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । माओवादीले प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : २० बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्