मुक्तिनाथ विकास बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

 मुक्तिनाथ विकास बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन, आगामी आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

आर्थिक वर्ष ०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाबारे जानकारी गराएका थिए। साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड  प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य बैंकको एटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२ र कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ४२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै