मुक्तिनाथ विकास बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

 मुक्तिनाथ विकास बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन, आगामी आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

आर्थिक वर्ष ०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाबारे जानकारी गराएका थिए। साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड  प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य बैंकको एटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२ र कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ४२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर