दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन | Khabarhub Khabarhub

दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूकुम- रूकुमपूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घर आगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।

मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुमपश्चिमको प्राविधिक सहयोगमा  स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दई सय २१ जनाले सेवा पाएका थिए ।  शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ ।

शिविरबाट ७०  पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए ।

शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धी समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ । परीक्षण गरिएकामध्ये दुई जनामा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् ।

शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी पनि भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।

एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुमपूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा.रामकुमार दास, जनरल फिजिसीयन डा.अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् ।

निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पुर्‍याइएको हो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : २५ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले