एफए कपको चौथो चरणको तालिका सार्वजनिक, म्यानचेस्टर र लिभरपुल भिड्ने « Khabarhub

एफए कपको चौथो चरणको तालिका सार्वजनिक, म्यानचेस्टर र लिभरपुल भिड्ने


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ ।

इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार म्यानचेस्टर युनाईटेड र लिभरपुल चौथो चरणमै आमनेसामने हुने भएका छन् ।

साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ ।

यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ । लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ ।

ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ । एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : ४५ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति