निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन « Khabarhub

निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले घोषणा गरेको निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै गृहमन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न दिएका हुन् ।

उनले भने, ‘स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन ।’

शान्ति सुरक्षा, सिमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए ।
उनले भने, ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईंहरुलाई कुनै चुनौति आए गृहमन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ ।’

बढुवा भएका अधिकृतहरुको जिम्मेवारी थप बढेको भन्दै गृहमन्त्री थापाले भने , ‘अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहोस् ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  २ : ४० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था