‘राष्ट्रिय एकतालाई मजबुद बनाउन पृथ्वीनारायण शाहको भूमिका अनुसरण गर्नुपर्छ’ « Khabarhub

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन पृथ्वीनारायण शाहको भूमिका अनुसरण गर्नुपर्छ’


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत बनाउन राष्ट्र निर्माता पृथ्वीनारायण शाहका देन र भूमिकालाई व्यवहारमा अनुसरण गर्नु पर्ने वक्ताहरुले बताएका छन् ।

पाँचथरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मानदेव केरुङले भने, ‘राष्ट्रिय विभूति पृथ्वीनारायण शाहका योगदानको बृहत्तर सम्मान गर्नु आवश्यक छ । संकृचित सोँच नपालेर नेपाल र नेपाली निर्माण गर्ने राष्ट्र निर्माताको ऐतिहासिक योगदानको सर्वत्र कदर हुनुपर्दछ । समयको माग र राष्ट्रिय आवश्यक्ता नै यही हो ।’

राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार जोशीले युवाहरु नै हालको आशा र भरोसा रहेको बताए । ‘युवा पुस्ताले पृथ्वीनारायण शाह र राजसस्थाको योगदान र अपरिहार्यतालाई मनन् गर्नु भनेको देश र जनताका लागि सकारात्मक र महत्वपूर्ण विकास क्रम हो,’ अध्यक्ष जोशीले भने ।

‘देशव्यापी रुपमा युवाहरु राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै सडकमा आएका छन् । जनताको आवाज सुनेर प्रजातन्त्रलाई सबल बनाउनु सबै नेपालीको कत्यर्व हो,’ अध्यक्ष जोशीले भने ।

No description available.

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा जिल्ला कार्य समिति पाँचथरद्वारा आयोजित विचार गोष्ठी तथा चियापान कार्यकक्रममा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तित्वहरुले पृथ्वीनारायणको इतिहास र वर्तमान सन्दर्भलाई जोडेर विचार प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसका नेता भुवानी खतिवडा, सघीय लिम्बुवान राज्य परिषदका नेता क्या. सुरेन्द्र जबेगु, नेकपा मालेका नेता लयप्रसाद बाँस्कोटा, नेकपाका नेता सुरेश शाह, पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष लेखनाथ सिकारु, उद्योग वाणिज्य महासंघ पाँचथरका अध्यक्ष दिपक नेपाल, पत्रकार दिपेन्द्र गौतमले मन्त्यव्य प्रस्तुत गरेका थिए ।

यसैगरी राप्रपाको तर्फबाट जिल्ला उपाध्यक्ष कमल चेम्जोङ, प्रवक्ता देवी तुम्बापो, जिल्ला सदस्य गोपाल राई, शिक्षक परिषदका जिल्ला उपाध्यक्ष रिमला जोशीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्वबारे चर्चा गरे ।

No description available.

राप्रपामा युवाहरु प्रवेश
राप्रपा पाँचथरका अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न दल परित्याग गरी ३१ जनाले राप्रपामा प्रवेश गरे । मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका नवप्रवेशीहरुमा अधिकांश युवा थिए ।

केन्द्रीय सदस्य केरुङ र जिल्ला अध्यक्ष जोशीले नवप्रवेशीलाई स्वागत गरे । राप्रपामा प्रवेश गर्नेहरुमा दिलीप आङदेङवे, जीवन राई, रोमन राई, अमिर राई, मौसम राई, रवीन्द्र राई, रोशन राई, चन्द्र आङदेङवे, धर्मेन्द्र राई, दिपक राई, पर्वत राई, सरोज राई, बसन्त चम्जोङ, धनबहादुर बस्नेत, उदय राई, टोनी राई, देव केसी, आशिस भट्टराई, मुना राई, निर्जला राई, मीना लावती, निशा राई, एलिसा राई, शान्ताकला राई, संगीता राई, सुस्मिता राई, जिना राई, शान्ता राई, करिश्मा राई, शुशीला राई र जमुना राई थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : २३ बजे

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक