२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको जानकारी दिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४३० संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका एकजना रहेका छन् ।

यस्तै प्रदेश २ को बाराका एकजना, रौतहटका एकजना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

यसैगरी वाग्मती प्रदेशको काठमाडौंमा २२१, चितवनका १२, दोलखाका एकजना, धादिङका ३, नुवाकोटका ४, भक्तपुरका ९ मकवानपुरका २, रामेछापका २,ललितपुरका २९, सिन्धुपाल्चोकका ३ र सिन्धुलीमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीका ७, गोरखाका एक, तनहुँका २,नवलपरासी पूर्वका ४, पर्वतका एकजना, लमजुङका एकजना र अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको कपिलवस्तुका ३, दाङका ८, नवलपरासीका २, पाल्पाका २, प्युठानका एक, बर्दियाका १०, बाँकेका ५१, रुपन्देहीका १३ रोल्पाका २ र दैलेखका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा एकजनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना, कैलालीमा ६, डडेल्धुरामा एकजना र बझाङ ५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : १९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको