२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको जानकारी दिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४३० संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका एकजना रहेका छन् ।

यस्तै प्रदेश २ को बाराका एकजना, रौतहटका एकजना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

यसैगरी वाग्मती प्रदेशको काठमाडौंमा २२१, चितवनका १२, दोलखाका एकजना, धादिङका ३, नुवाकोटका ४, भक्तपुरका ९ मकवानपुरका २, रामेछापका २,ललितपुरका २९, सिन्धुपाल्चोकका ३ र सिन्धुलीमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीका ७, गोरखाका एक, तनहुँका २,नवलपरासी पूर्वका ४, पर्वतका एकजना, लमजुङका एकजना र अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको कपिलवस्तुका ३, दाङका ८, नवलपरासीका २, पाल्पाका २, प्युठानका एक, बर्दियाका १०, बाँकेका ५१, रुपन्देहीका १३ रोल्पाका २ र दैलेखका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा एकजनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना, कैलालीमा ६, डडेल्धुरामा एकजना र बझाङ ५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : १९ बजे

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,