काठमाडौँ– संसद विघटन असंवैधानिक कदम भएको भन्दै युवाहरुले काठमाडौँको माइतीघरमा संविधान पढेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस युवा प्रचार नेटवर्कमा आवद्धहरुले संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् ।
हेरौँ भिडियो
प्रदर्शनका क्रममा उनीहरुले संविधानमा संसद विघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए । मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जोडघटाउमा लागेको उनीहरले आरोप लगाए ।
मुलुकले लामो समयपछि संविधान निर्माण भएपछि अहिले सरकारले संविधानमाथि ‘कु’ गरेको उनीहरुको आरोप छ ।
उनीहरुले सरकारको कदमले लोकतन्त्र खतरामा परेको तर्क समेत गरेका छन् ।
प्रतिक्रिया