यो हो लुकीलुकी रक्सी पिउने मुसो « Khabarhub

यो हो लुकीलुकी रक्सी पिउने मुसो


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको एउटा ठाउँमा मुसाले रक्सी पिएको अनौठो घटना बाहिर आएको छ ।

बिहारमा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारबाट रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

कैमूरको एउटा गोदाममा सन् २०१६ देखि जफत गरिएको रक्सी राखिएको थियो । एकदिन जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो ।

नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो ।

जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने खुलासा भएको हो ।- एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान