दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा बिहीबार राति भएको ट्याक्टर दुर्घटनामा चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–४ मा  दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको ठेगाना खुलेको छैन ।

ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भएर बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : १७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका