अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।

त्यहाँको फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोमा एउटा गाडीमाथि अर्को गाडीको चाङ लागेको देखिएको छ ।

खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक सवारीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजी भइरहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ५८ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब