नेपालमा सक्रिय कोरोना संक्रमितको सं‍ख्या १ हजार ७१८ मा झर्‍यो « Khabarhub

नेपालमा सक्रिय कोरोना संक्रमितको सं‍ख्या १ हजार ७१८ मा झर्‍यो


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।

यसअघि शुक्रबार हिजो सक्रिय संक्रमितको संख्या १ हजार ७१८ थियो ।

पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ७९६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ५९ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश