प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटव‍ार्ता भएको छ ।

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए।

साथै ओलीले दुई देशबीच ६२ वर्षअघि स्थापना भएको कूटनीतिक सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणा समेत राखेका थिए ।

राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटक आगमन बढाउन सकिने विचार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञफ्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : २५ बजे

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँ : सभापति लामिछाने

पाटन (ललितपुर)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिना नबित्दै वालेन्द्र शाहले गरेका निर्णयहरु

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको