राष्ट्रिय महिला लिग फुटबल : चन्द्रपुरविरुद्ध पुलिस विजयी | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिग फुटबल : चन्द्रपुरविरुद्ध पुलिस विजयी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन् । लिगमा पुलिसको यो चौंथो जित हो ।

जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ०२ बजे

आश्विन शुक्ल सप्तमी : आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा

सोमबारका कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन

आज २०८२ साल असोज १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन