मिथिला नगरीमा ‘जनकपुर साहित्य महोत्सव’ | Khabarhub Khabarhub

मिथिला नगरीमा ‘जनकपुर साहित्य महोत्सव’


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यताको रक्षा र पुनरुत्थान गर्दै पठन संस्कृतिको विकासका लागि आगामी फागुन १९ देखि फागुन २२ गतेसम्म मिथिला नगरी जनकपुरमा ‘फोन पे जनकपुर साहित्य महोत्सव’ हुने भएको छ ।

स्रष्टा नव मिथिला फाउन्डेसन प्रमुख आयोजक, बुकहिल पब्लिकेसन र सानो पाइला सह–आयोजक रहेको महोत्सवको यो दोस्रो संस्करण हो । महोत्सवमा १५ सत्रमा ४५ जना वक्ताहरूले साहित्य, संगीत, सिनेमा, संस्कृति र सभ्यतालगायतका विषयमा बहस गर्नेछन् ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्ने बताए । ‘जनक, जानकी, याग्यवल्क्य र विधापतिको शहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवद्र्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ’, उनले भने ।

महोत्सवका निर्देशक सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य–पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य–मान्यता र नैतिकता हराउँदै गईरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ’, उनले भने ।

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने जनाए ।

मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले डिजिटल दुनियामा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको बताए । महोत्सवमा भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता हुनेछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४५ बजे

अध्यादेशबारे यस्ता छन्‌ ओलीका सात ‘सफाइ’

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि

अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता

काठमाडौं– मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको

प्रधानमन्त्रीले भने- संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त छौँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने