सेयर लगानीसम्बन्धी विवाद हुँदा भिनाजुको हत्या « Khabarhub

सेयर लगानीसम्बन्धी विवाद हुँदा भिनाजुको हत्या


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले ५४ वर्षीय प्रमोद रेग्मीको हत्या आरोपमा उनको सालो निरज खातीलाई पक्राउ गरेको हो । धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी निरजलाई सार्वजनिक गरेका हो ।

व्यवसायी रहेका रेग्मीको गत माघ १३ गते क्षिरेशवरनाथ नगरपालिका ७ स्थित कोठामा हत्या भएको थियो । मृतक रेग्मी उदयपुर त्रियुगा नगरपालिकाका बासिन्दा हुन् ।

उनले क्षिरेश्वरनाथ नगरपालिकामा व्यवसाय गर्दै आएका थिए ।

निरजले सेयर लगानी सम्बन्धीको विवादमा रिसईबी राखी अत्याधिक मदिरा सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रेग्मी मदिरा सेवन गरी मातेपछि निरजले लठीले टाउँको प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेकाे धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भट्टले जानकारी दिए ।

पक्राउ परेका निरजलाई अदालतबाट म्याद थप गराई विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : ३६ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी