सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सुनसरीमा स्वास्थ्य शिविर संचालन | Khabarhub Khabarhub

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सुनसरीमा स्वास्थ्य शिविर संचालन


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी–केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरीको हरिनगर- ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो ।

एपीएफ अस्पतालबाट खटिएकी सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।

उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी वितरण गरिएको महिला संघले जनाएको छ ।

कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते उद्घाटन गरेकी थिइन ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ३३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको