कतारमा कोभिड-१९ सम्बन्धी नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द « Khabarhub

कतारमा कोभिड-१९ सम्बन्धी नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा सामाजिक दूरी लगायतका कोभिड-१९ प्रोटोकलको पालना नगरी भिडभाड गर्ने सफारी मल लगायतका ६ व्यापारिक केन्द्रमाथि कारबाही गरिएको छ ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले कोभिड-१९ प्रोटोकलको पालना नगर्ने व्यापारिक प्रतिष्ठानलाई कारबाही गर्दै बन्द गराएको हो ।

मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी रहेका छन ।

मन्त्रालयले यस अघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो ।

मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्न समेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसँगै यस अघि जारी भएका कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता देखि पुनः लागू गरिसकेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण रुपमा पालना गर्न कतारमा कार्यरत रहेका नेपाली समुदायलाई नेपाली दूतावासले समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : १७ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा