दोभानका आगलागीपीडितलाई सहयोग प्रदान « Khabarhub

दोभानका आगलागीपीडितलाई सहयोग प्रदान


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।

बिहीवार आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु. छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् ।

उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

आगलागीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट समेत रु छ लाख सहयोग प्रदान हुने जानकारी दिए । राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।

यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए ।

भूकम्प, बाढी पहिरो, आगलागी जस्ता घटनाबाट पीडित बनेकालाई सहयोग गर्दै आउनुभएका नेता बस्नेतले दोभानका आगलागी पीडित परिवारको दिगो व्यवस्थापन तथा पुनःस्थापनामा गम्भीर हुन सरकारसँग आग्रहसमेत गरे ।

यता सोही कार्यक्रमका बीच कांग्रेस आबद्ध लोकतान्त्रिक खेलकूद विभागले रु ७५ हजार र इलामको माइभ्याली फुटबल क्लबले रु ५० हजार आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ । दुवै संस्थाले गाउँपालिकामार्फत सहयोग प्रदान गरेका हुन् ।

गएको फागुन १८ गते भएको आगलागीले दोभान बजारका ५० घर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित बनेका थिए । विस्थापित परिवार अहिले आगलागी क्षेत्रमा नै टेण्ट टाँगेर बसेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ०५ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन