नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग « Khabarhub

नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ ।

एमालेका उपाध्यक्ष भीम रावलका अनुसार बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको हो । उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो ।

सर्वोच्चको आदेशअनुसार एमाले पुन:स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको रावलले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएको थियो । त्यसयता नेकपा एमालेको औपचारिक बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ४८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि