कोरियामा एक नेपालीको मृत्यु « Khabarhub

कोरियामा एक नेपालीको मृत्यु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सउल– दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ ।

बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो ।

घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् ।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : १५ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’