मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ « Khabarhub

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।

प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना