अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ « Khabarhub

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ

दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् ।

ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गरेको आरोपमा सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेको हो । उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ।

गत सोमबार तीन युवतीले चालक खड्कालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेका थिए।

उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए। उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। उनले खड्काको मोबाइलसमेत खोसेकी थिइन्।

यात्रुले मास्क नलगाएपछि शुभाकरले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए। भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेका थिए।

यो घटनापछि शुभाकर सहयोगका लागि गो फण्ड मी पेज शुरु गरिएको छ। हालसम्म ६४ हजार २ सय ८ डलर जम्मा भएको छ। शुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : २१ बजे

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत