राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेश जाने « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेश जाने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र बंगलादेशको भ्रमणमा जाने भएकी छन्।

राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीले भने, ‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो । भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।’

भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण गत वर्ष कोरोनाभाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : २४ बजे

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको