सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवा « Khabarhub

सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवा


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।

सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गरिएको छ ।

नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन शुरु गरिएको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताए ।

‘पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो’, उनले भने, ‘अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।’

गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिए । ‘घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ’, उनले भने, ‘अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।’

सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताए । ‘दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्’, उनले भने, ‘अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।’

विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकको भनाइ छ । ‘सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ ।’

देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमले बताए । ‘हिजो गाउँमा सिंहदरबार आयो भनियो । के आयो के आयो सोचेको थिए’, उनले भने, ‘अहिले गाउँमा नै औषधि उपचारका लागि डाक्टर देख्दा गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको छ ।’

गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

‘स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न त सक्दैनौँ’, उनले भने, ‘तर, अरू केही गर्न नसकिए पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको छ ।’

गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : ०९ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन