अनुप्रस्थको ‘सम्झेर मलाई’मा भावना र निरन « Khabarhub

अनुप्रस्थको ‘सम्झेर मलाई’मा भावना र निरन


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को भिडियो सार्वजनिक भएको छ । व्याण्डले शिवरात्रीको अवसर पारेर बिहीबार बेलुका राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आफ्नो प्रस्तुतिसहित भिडियो सार्वजनिक गरेको हो ।

गीतमा सुरेश शाहीको शब्द छ । निरन शाहीको स्वर छ । गीतमा निरनको गीतार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बास गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।

भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन् । धिरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो । झण्डै १५ सयको हाराहारीमा उपस्थित दर्शकमाझ व्याण्डले १५ वटा गीत गाएको थियो ।

सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ ।

भिडियो अनुप्रस्थको डिजिटल सामाग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पीभीई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : ४५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको