अपहरण घटनाका फरार अभियुक्त १० वर्षपछि पक्राउ « Khabarhub

अपहरण घटनाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् ।

छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।

उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् ।

अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : ५९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर