ओलीतिर लागेका पूर्वमाओवादी नेतालाई बुटबलबाट प्रचण्डको सन्देश- उतै बस्नुहोस्, यता आउन पर्दैन (भिडियोसहित) « Khabarhub

ओलीतिर लागेका पूर्वमाओवादी नेतालाई बुटबलबाट प्रचण्डको सन्देश- उतै बस्नुहोस्, यता आउन पर्दैन (भिडियोसहित)

'फकाउँदा हुन्छ कि भन्नु मेरो गल्ती हो'


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ओलीतिर लागेका मन्त्री तथा नेतालाई पार्टीमा फर्काउने प्रयास नगर्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । अध्यक्ष प्रचण्डले ओलीतिर लागेकाहरूलाई फकाउन नलाग्ने बताएका हुन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताउँदै विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती हो भने ।

‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

हेरौँ भिडियो

साथै, उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए ।

यस्तै, अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्धार गर्ने एक मात्रै टेन्सन आफूलाई रहेको बताएका छन्।

प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरू फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाईचाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।’

आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउनेबाहेक अरु तनाव नभएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : २६ बजे

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा