सर्वोच्चमा दुईसहित २० न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित) « Khabarhub

सर्वोच्चमा दुईसहित २० न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

सर्वोच्चमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ ।

सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशका लागि सिफारिस गरेको हो ।

शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट दुईजना उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला न्यायाधीशबाट सातजना, न्याय सेवाका अधिकृतबाट दुईजना तथा अधिवक्ताहरूबाट सातजना उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको परिषद्ले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : १० बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा