एक प्रेरक प्रस‌ंग: ‘वृद्धको आयु’ « Khabarhub

एक प्रेरक प्रस‌ंग: ‘वृद्धको आयु’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजा शतायूध जनताको सुख–दुःख जान्ने उद्देश्यले भ्रमण गर्न निक्ले । घुम्दै गर्दा उनले एउटा झुपडीमा जर्जर वृद्ध देखे ।

राजाले रोकिएर उनले कौतूहलपूर्वक सोधे– ‘तपाईंको आयु कति भयो ?’

लगभग सय वर्ष देखिने वृद्धले झुकेको गर्दन उठाए र भने– ‘पाँच वर्ष ।’

राजालाई विश्वास भएन । उनले फेरि सोधे – वृद्धले त्यही उत्तर दोहोर्‍याए ।

अन्त्यमा वृद्धले भने– ‘बितेको ९५ वर्ष पशुवत जीवन बाँच्नमा बित्यो । पाँच वर्ष भयो ज्ञानचक्षु खुलेको । त्यस बेलादेखि सांसारिक सुख त्यागेर परमार्थ, परोपकार एवम् मानवताको सेवा गरिरहेको छु । त्यसैले म आफ्नो आयु पाँच वर्ष मान्छु ।’

–‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ०१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब