अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ : नेता कोइराला (भिडियोसहित) « Khabarhub

अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ : नेता कोइराला (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसँग पनि छलफल भइरहेको उल्लेख गरे । त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताए ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उनले आरोप लगाए ।

उनले जनताबाट आफूहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : १० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा