अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ : नेता कोइराला (भिडियोसहित) « Khabarhub

अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ : नेता कोइराला (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसँग पनि छलफल भइरहेको उल्लेख गरे । त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताए ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उनले आरोप लगाए ।

उनले जनताबाट आफूहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र