पत्रकार सुशील शर्माको निधन « Khabarhub

पत्रकार सुशील शर्माको निधन


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तीन दिनदेखि उनी चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिए ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याएका थिए ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहेका उनी मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइराला स्मरण गरे ।  शर्माका एक छोरा र श्रीमती छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : २७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज