शिवरात्रिमा डोलेश्वर आएका साधुसन्तलाई बिदाइ | Khabarhub Khabarhub

शिवरात्रिमा डोलेश्वर आएका साधुसन्तलाई बिदाइ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट सो मन्दिर दर्शन गर्न आएका १६२ साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको मन्दिर संरक्षण समितिका मोहन बलले जानकारी दिए ।

साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराउने प्रचलनअनुसार ‘क’ वर्गकालाई नगद रु एक हजार १०५, ‘ख’ वर्गलाई नगद रु ७०५ र ‘ग’ वर्गलाई नगद ५०५ तथा प्रत्येकलाई कम्बल, धोती, ज्याकेट र एक थान रुमाल प्रदान गरिएको समितिले जानकारी दिएको छ ।

देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगी शिवरात्रिमा डोलेश्वर एकहप्तादेखि आएका थिए । विगतका वर्षमा ७५० जनासम्म साधुसन्तको आगमन हुने गरेपनि यसवर्ष भने कोरोना सङ्क्रमणका कारण कम आएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत