बुढासुब्बा गोल्डकप यो वर्ष नहुने, २२ वर्षमा पहिलो पटक रोकियो « Khabarhub

बुढासुब्बा गोल्डकप यो वर्ष नहुने, २२ वर्षमा पहिलो पटक रोकियो


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरानमा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औँ संस्करण यस वर्ष नहुने भएको छ ।

कोरोना महामारीका कारण आर्थिक सहयोग जुट्न नसक्दा विगत २२ बर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको हो ।

आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न नसक्ने जानकारी दिएको हो । २०५५ सालदेखि शुरू भएको बुढासुब्बा गोल्डकप पहिलोपटक रोकिएको हो ।

द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता बिषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो । प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएको अवस्थामा यसपटक त्यो अवस्था नरहेको क्लबले जनाएको छ ।

क्लबले गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेको क्लबले जनाएको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो ।

तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २ लाख ५० हजार मात्र दिइएको र उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०४ बजे

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त