बुढासुब्बा गोल्डकप यो वर्ष नहुने, २२ वर्षमा पहिलो पटक रोकियो | Khabarhub Khabarhub

बुढासुब्बा गोल्डकप यो वर्ष नहुने, २२ वर्षमा पहिलो पटक रोकियो


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरानमा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औँ संस्करण यस वर्ष नहुने भएको छ ।

कोरोना महामारीका कारण आर्थिक सहयोग जुट्न नसक्दा विगत २२ बर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको हो ।

आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न नसक्ने जानकारी दिएको हो । २०५५ सालदेखि शुरू भएको बुढासुब्बा गोल्डकप पहिलोपटक रोकिएको हो ।

द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता बिषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो । प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएको अवस्थामा यसपटक त्यो अवस्था नरहेको क्लबले जनाएको छ ।

क्लबले गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेको क्लबले जनाएको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो ।

तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २ लाख ५० हजार मात्र दिइएको र उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०४ बजे

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा