यसरी खोसियो विदेशी भूमिमा विजयको सपना ! « Khabarhub

यसरी खोसियो विदेशी भूमिमा विजयको सपना !



दोहा— रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ का विजय बस्याल भविष्यको सुनौलो सपना बोकेर कुवेत पुगे । उनी काठमाडौँको सामाखुसीमा रहेको ‘भिजन एन्ड भ्यालु म्यानपावर’ मार्फत कुवेत गएका थिए ।

उनले नेपालमा भनिएअनुसार नै कुवेतको कम्पनी ‘एनसीसी’ मा काम पाए । जसोतसो काम राम्रै चल्दै थियो । गत वर्षको २४ ओक्टोबरका दिन अचानक उनी चढेको गाडी दुर्घटनामा प¥यो । उनको टाउको र शरीरमा गम्भीर चोट लाग्यो । उपचारका क्रममा देब्रे हात काट्नु पर्‍यो, अपाङ्ग भए ।

विजयको उपचार पूरा भएको छैन । अस्पतालमा भर्ना भएर उपचार गराउँदाको खर्च कम्पनीले तिरिदियो । अस्पतालबाट डिस्चार्ज भएपछिको खर्च भने उनी आफैँले व्यहोर्नु परेको छ ।

उनी दुर्घटनापछि शारीरिकरूपमा अशक्त त भए नै, भविष्यको चिन्ताले मानसिक पीडामा पनि परेका छन् । आठ महीनादेखि अरूको सहारामा दिन बिताउँदैछन् ।

क्षतिपूर्ति पाउन सकस

एक वर्ष बित्न लाग्दा पनि दुर्घटनापछि नियमअनुसार पाउनुपर्ने क्षतिपूर्तिको अत्तोपत्तो छैन । क्षतिपूर्ति नपाएपछि विजयले कुवेतस्थित नेपाली दूतावासमा जानकारी गराए । दूतावासले कुवेती वकिल राखेर मुद्दा हालेको छ । दूतावासले मुद्दा टुङ्गो लाग्न साढे एक वर्षसम्म लाग्ने बताएको छ ।

विदेश गएर कमाउने र परिवार चलाउने सपना त उडिहाल्यो । अब विजय क्षतिपूर्तिको रकम लिएर चाँडोभन्दा चाँडो घर फर्किन चाहन्छन् । नेपाली दूतावासले सहयोग नगरेको होइन तर क्षतिपूर्तिको रकम कहिले पाइएला भन्ने टुङ्गो भएन । उनी दूतावासमा फोन गर्छन् । उताबाट ‘तिमीले फोन गर्नु पर्दैन, हामी आफैँ सम्पर्क गर्छौं’ भनेर फोन राखिदिन्छन् ।

क्षतिपूर्ति पाउने प्रक्रिया ढिलो हुँदै गएपछि विजयले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो दुःखको भिडियो बनाएर पोस्ट परे । यसपछि ‘दूतावासले तिम्रो काम चाँडै हुन्छ, भिडियो हटाऊ’ भनेको विजयले बताए । तर उनले हटाएका छैनन् ।

विजयले नेपालीहरूको सहयोगका लागि कुवेतमा क्रियाशील संघसंस्थाहरूलाई पनि क्षतिपूर्ति दिलाउने काममा सहयोग गर्न आग्रह गरेका छन् ।

कुवेतस्थित नेपाली दूतावासले विजयको मुद्दा अदालतमा विचराधीन रहेको र चाँडै टुङ्गो लागेर क्षतिपूर्ति पाउने बताएको छ । उनलाई कुवेत पठाउने म्यानपावर कम्पनीसँग बुझ्न खोज्दा कोही बोल्न चाहेन ।

हरेक महीना खाडी लगायतका मुलुकमा करिब ४० हजार नेपाली युवा रोजगारीका लागि पुग्ने गर्छन् । साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, दुबई तथा मलेसियामा हरेक वर्ष ६ सयभन्दा बढी नेपालीको ज्यान गुम्ने गरेको छ ।

यस्तै, हरेक वर्ष दुर्घटनामा परेर तीन सयभन्दा बढी नेपाली कामदारको अङ्गभङ्ग हुने गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ५५ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु