मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक | Khabarhub Khabarhub

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय आज बैठक बोलाएका छन् ।

प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक डाकेका हुन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् ।

प्रदेश सभामा अवरोध कायम रहँदा आज दिउँसो १ बजे डाकिएको बैठक पनि अघि बढ्ने सम्भावना छैन । अवरोध हटाउने विषयमा  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक निष्कर्षविहीन भएको थियो  ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ४४ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र